मातृसत्तात्मक दृष्ट्रिकोण : अजिमा र ६ प्रकारका लैंगिक पहिचान

काठमान्डौ, मन्दिरहरुको सहर हो। यहाँ अवस्थित मन्दिरको अनेकौ विशेषता छन् जसलाई विभिन्न कोणबाट ब्याख्या विश्लेषण गरिएको पाइएको छ। यद्यपि मातृसत्तात्मक दृष्ट्रिकोणबाट पर्याप्त मात्रामा नहेरिएको अवस्थामा सुनिलबाबु पन्तले तान्त्रिक विद्याको ७-८ बर्षको स्वअध्ययन पश्चात मातृसत्तात्मक दृष्ट्रिकोणबाट काठमान्डौमा रहेका मन्दिरहरुको अध्ययन गर्नुपर्ने आवस्यकता महसुस गरे।  त्यस्पस्चात उनले श्रब्यदृश्यको माध्यमबाट आफ्नो खोजका क्रममा पाएका बिषय र आफ्नो ब्याख्या विश्लेषणपनि समावेश गरि एक वृत्तचित्र तयार परे। जसलाई नाम दिए "अजिमा र ६ लैंगिक पहिचान"   पुरुष संगसंगै महिला लगायत अन्य लैंगिक पहिचान भएकाहरुकोपनि बाहुल्यता रहेको तान्त्रिक लगायत हिन्दु धर्मको ब्याख्या गर्नका निमित्त पन्त सुरुमा आफै हौसिय तर  त्यसलाई मुर्तरुप दिन अस्ट्रेलियन दुताबास र एरोपियन युनियनको आर्थिक सहयोग पछि प्राप्त गरे। 

साउन १३ गते आइतबार, बिस्वोज्योती सिनेमा हल, जमलमा आयोजना गरिएको स्क्रिनिङ्ग र अन्तरक्रिया कार्यक्रममा उपस्थित दर्शखारुसंगा अन्तरक्रिया गर्नका निमित्त प्रख्यात मोटिभेस्नल स्पिकर मंसी अग्रवालले सहजीकरण गरेकिथिइन भने अस्ट्रेलियन राजदुत फेलिसिटी भोल्क तथा एरोपियन युनियन राजदुत वेरोनिक लोरेंजोली आफ्नो धारणा राखेका थए। 



अन्तरक्रियाको समयमा वृतचित्रको तथ्यता र नेपाल भाषाको उच्चारणमा टिप्पणी गरिएको थियो।  अस्ट्रेलियन राजदुत भोल्कले पन्तको कोशिश मा तथ्यपरख ऐतिहासिककुरा को खोजि गर्न भन्दापनि उनले तयार पारेको डकुमेन्ट्रीले सिर्जना गरेको नयाँ भाष्य र यसले सुरुगरेको मन्दिरहरुको मातृसत्तात्मक दृष्ट्रिकोणको व्याख्याले समाजलाई नयाँ  संवादको ढोका खोलेकोको जोड दिनपर्ने बताइन। 

त्यस्तै एरोपियन युनियन राजदुत लोरेंजोलीले तान्त्रिक यात्राको प्रसंसा गर्दै  काठमान्डौका मन्दिरहरुले यहाँको समाजले  लैंगिक 

विभिततालाई सयौं वर्षा अघिनै आत्मसाथ गरेको प्रस्टपार्ने जिकिर्गर्दै  डकुमेन्ट्रीले त्यहि कुरालाई प्रस्तुत गरेकोमा प्रसंसा गर्नपर्ने बताइन। 


 अन्त्यमा पन्तले पनि दर्शकले प्रस्तुत गरेका जिज्ञासाको जवाफ दिदै डकुमेन्ट्रीमा भएका त्रुटीलाईआत्मसाथ गर्दै सिक्ने अनि आज सम्म विस्लेषण नभएका कोर्णबाट "अजिमा र ६ प्रकारका लैंगिक पहिचान " डकुमेन्ट्री तयार पारेको बताए। 


Comments