Posts

Showing posts with the label Song

बिडम्बना बुझ्नु छैन

Image
  धित नै मर्दैन मेरो , तिमी साथ हुदाँ  चाहना अधुरो रहन्छ, तिमी टाढा हुदाँ  त्यो अंगालोमा अनुभब बेग्लै बन्छ  तिम्रो अँगालोको न्यानो घर बुन्नु छ  हुनुछ  एक, कुनै बिडम्बना बुझ्नु छैन  तिमी बिना एक्लो हुने मन छैन मलाई क्षितिजमा आकृति हाम्रै कोर्नु छ  एउटा सुन्दर यात्रा बनाउन, पाइला तिमी संगै चाल्नुछ  साथ दिनेछौ, मलाई थाहा छ कहानी हाम्रो आजको मात्र होइन सदाको लागि बनाउनु । 

क्षितिजमा देखिने सुन्दर आकृति

Image
  सजाउन मन छ, जीवन तिमी संगै  पल -पलको चाहाना तिमी नै  रम्न मन छ तिमीसंग  तिमीलाई पाउछु आफु भित्र  पर क्षितिजमा देखिने सुन्दर आकृति  हाम्रै बनाउन मन्छ , स्पर्श तिम्रो लाग्छ खास  माया नै तिमी बाट आश  दौड धूपमा अल्झेको जीवनमा  आनन्द खोज्छु तिम्रो काखमा  साथ मात्र खोजेको छु मैले बिछोड नहोस हाम्रो कहिले

साउती मर्ने यी हावा

Image
 शिमलको भुवां झैँ उड्छ मेरो मन आज  भिड या होस् एकान्त खोज्छु तिम्रै साथ अबुझ बेखबर तिमि जहिले आफ्नै तालमा  अल्लारे मन मेरो छ बेहाल  साउती मर्ने यी हावा  लाग्दैछ सुनाउदै छ तिम्रो कुरा  सुन त ! बुझ्योउ  बुझाउन बाकि मेरा कुरा  बेचेन छन् सिमलको भुवा  यहाँ बिचरा मन भित्रका कथा  गुम्सिएर एक्लै बन्दैछ बेथा 

जोडिञ्छु तार झैँ गिटारको

Image
जोडिञ्छु  तार झैँ गिटारको उड्छु भुवां झैँ सिमलको  तिम्रो साथमा छुट्टै बन्छु  महसुस हुन्छ खै कस्तो कस्तो  सपना भन्दा सुन्दर हुन्छ जीवन  भए तिमी साथमा मेरो  मन छैन बस्न सम्झना संगाली  सबै कुरा भुल्नुछ तिमीलाई अंगाली