धित नै मर्दैन मेरो , तिमी साथ हुदाँ
चाहना अधुरो रहन्छ, तिमी टाढा हुदाँ
त्यो अंगालोमा अनुभब बेग्लै बन्छ
तिम्रो अँगालोको न्यानो घर बुन्नु छ
हुनुछ एक, कुनै बिडम्बना बुझ्नु छैन
तिमी बिना एक्लो हुने मन छैन मलाई
क्षितिजमा आकृति हाम्रै कोर्नु छ
एउटा सुन्दर यात्रा बनाउन, पाइला तिमी संगै चाल्नुछ
साथ दिनेछौ, मलाई थाहा छ
कहानी हाम्रो आजको मात्र होइन सदाको लागि बनाउनु ।
Comments
Post a Comment