सजाउन मन छ, जीवन तिमी संगै
पल -पलको चाहाना तिमी नै
रम्न मन छ तिमीसंग
तिमीलाई पाउछु आफु भित्र
पर क्षितिजमा देखिने सुन्दर आकृति
हाम्रै बनाउन मन्छ ,
स्पर्श तिम्रो लाग्छ खास
माया नै तिमी बाट आश
दौड धूपमा अल्झेको जीवनमा
आनन्द खोज्छु तिम्रो काखमा
साथ मात्र खोजेको छु मैले
बिछोड नहोस हाम्रो कहिले
Comments
Post a Comment