रुमलिए धेरै एउटै समीकरणमा

धमिलो मन कहाँ स्पस्ट देख्न सक्छ र ?

कसले किन मार्यो निश्चल मनको रहर 

चंचल मन गर्दै धमिलो मनको यात्रा 

अपरिचित बन्दै परिचित अनि फेरी 

अपरिचित बन्दै गरेको हाम्रो नाता 

कोहीबाट केहि लगेका छैनौ एक अर्काको साथमा 


रित्तो मन आज सुनसान सुन्दै छ 

मनसुन मा पनि उ एक्लो लाग्दैछ 

मौनता बार्ढैदै आकाशको चंद्रमासंग

टोलाएका आखाँको आँसु संग 

डर छ कतै मौनता हुने हो कि भंग 


म अधुरो थिए तिमी आउनु अघि 

कि बने तिमी गएपछि 

रुमलिए धेरै दिन, यहि समीकरणमा 

नरोकिनु तिमी, मेरा कुनै शब्द वा कारणमा 

नबाधियौ हामी बिना कुनै अर्थमा 


थियो केवल कोशिश कहानीमा नहराउने 

एक -अर्काको 

बिछोड संगै बिजोडा बन्ने , माया हाम्रो बेजोड बनाउने 

एकपछि अर्का अध्याय 

अध्याय सकेपछि साथ सधैको 

चाहना सकियो सबै हाम्रो तब चंचल मन थाहै नपाई धमिलियो जब 

Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication