चंचल मन निश्चल चाहना



त्यो संसारिक मोहको पछाडी
आहा मन कति चंचल
अनि चाहना कति निश्चल
तर मन कतिपटक तर्पने
चाहना नमजाले धमेलिने
छरपस्ट, अस्पस्ट फेरी दोधारे मन
केहि गर्न नमान्ने, अबुझ्पनि
मस्तिस्क, बिचार येस्तै बिग्रिएको हिसाब राख्ने
पुरा नहुने सपनाको मुल्यतिर्ने
अनि पुरा भयको सपनाको माहतो नबुझ्ने
बेफौक को जिन्दगि
आडम्बरले भरिपुर्ण सब्दको खोजि
गर्दै बितिरहेकोछ
चाहेको के हो पनि जान्दैन
पाएको कुरा सम्हाल्ने स्किल पनि छैन
अनि सन्तुस्टी त केवल आदर्सका कुरा
असन्तुस्टीपनि  सन्तुस्टीको परिपुरक
बिडम्बना, सन्तुस्टी बुझाइमा सिमित
असन्तुस्टी, जिन्दगीको भोगाइ... एक सत्य

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence