परिवर्तन भएको तिमी र मेरोलागि




चाहनाको यो दोधारमा, समयको परिवर्तन संगै
कहाँ पुगे म, अनि तिमी कता,
जीवनको चलाई संगै, देखेका ति सपना सारा
सायद बगिदिए रुवाई संग अनि आसुसंगै आखाका

नभएको होइन तिम्रो लागि, माया मनमा
तरपनि थाहा नै भएन कम भयो जीवनको कुन मोडमा
महत्व तिम्रो साथको दुरीले नै कम गरायो
अनि जाउ अब आफ्नो बाटो भन्न कर लाग्यो

माफी दिने कस्ट सायद नदिउ होला तिमीलाई
महत्वपुर्ण समय तिम्रो जरुरी छैन दिन मलाई
यसैले आफै बनाउदै छु बाटो, तिम्रो बाटोबाट टाढा
धेरै टाढा -कारण अल्मलिन नपरोस कहिलेपनि तिमीलाई

सुरुको मायालुपन सायद पूर्ण थिएन यो मनलाई
समयसंगैको मायालु साथ् नभएपछि
दुरी त केवल बहाना थियो सायद
भुल्न सङ, अति कम भावना केहि क्षय्रणलाइ

करकापको अवस्य होइन माया यो,
फर्केर हेर्दापनि देखेनौ कि दिन त्यो,
सायद त्यसैले बन्द गर्र्योउ सबै ढोका आफ्नो मनको
तरपनि गर्यो के म, भनु कुन चाहि सब्द सहि

परिवर्तनको समयसंगै परिवर्तन भएका तिमी
सुन,
अनि माफ गर मलाई, मैले माया गरिरहन सकिन
माफ गर मलाई, मैले माया गरिरहन सकिन

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber