एक  यात्री, गल्लिहरु बीच
गुपचुप गल्लिहरु, गुमनाम गन्तब्य
यी कतै नपुराउने, सान्त गल्लि
तर यात्रा यिनै गल्लिभित्र

कतै त पक्कै पुग्न आवस्येक 
त्यहि पुग्न गतिशील पाइलाहरु
रुमलिन्छन, थाक्छन पनि तर बाटो बिराएको होइनन
तर पुग्नु कहाँ छ थाहै छैन

यात्रा उदेग लाग्दो, बनाउछ बहानै- बहाना
गुपचुप गल्लीहरु बीच, यात्री छ प्रतिछ्यामा
एक बेकारको विचार, दौडिने चाहना,
किनकि यात्रीलाइ थाहै छैन कहाँ छ उसको गन्तब्यको सिमाना

Comments