लटकिएको त्यो तस्बिर स्थिर अनि अमुर्त ति मुस्कानहरु



कागजमा कोरिएको त्यो चित्र
कयौं अर्थ लुकेको तेस्भित्र
बुझ्दा बुझ्दै समय बित्ने
जीवनको आत्मीय पलपनि छुट्ने
कतिधेरै बुझ्ने रहर अबुझ मनलाई
केलाएर बारम्बार हेर्छ ओल्टाई पल्टाई
सम्भावना अनि सम्झना संग संगै
लटकिएको त्यो तस्बिर
स्थिर अनि अमुर्त  ति मुस्कानहरु
गतिसिल पललाई आज पनि अमुर्त राख्ने सामर्थ्य राख्छन

पुस्तकका पाना पल्टाउन कै लागि
महतो त केवल सब्दकोछ
कारण  हरेक सब्दले  धेरै मतलब राख्छन
मतलबी मन यो मेरो
आफ्नै अर्थ  लाद्न खोज्ने, बिनाअर्थ
सायद प्रकृति बिरोधि मेरो प्रकृति
हरेक आकृति अनि अनुभूतिको अर्थको पछि लाग्ने

Comments

Popular posts from this blog

Phrases, Clauses & Sentences_Grammer & Usage_BCA_Technical Communication