स्तब्ध दुई यायाबर यात्री


सोच मग्न उनि बिना नसा नै बेहोस
बर्बराउछिन कुरा एउटै
एकटक टुटेका बिएरका बोत्तल  हेर्दै
"सपना कहाँ काँचका हुन्छन ?
सपना कहाँ टुट्छन् र?
सपना त बुनिनछन्, फैलिन्छन् 
लहलाउदा, कलिला लाग्छन
यी त झाँगिनछन्  पनि
समयसंगै सपना समालिने आड बन्छन
सपनाले सताउदैन
यसले बाटो बिराउदैन
सपना अनि सम्बन्ध उस्तै हुन्छन"

न मुस्कान ओठमा
न आखा झल्काउछन् मोति दाना
दुवै मिलेर फ़ेर्दैछन एउटा लामो सास
दुवै गर्दैछन समालिने प्रयास
अनि उ थनकाउछ धुवाको सिलसिला   
 सुन्येतालाई चिर्दै उसका सब्दहरु  गुञ्जिञ्छन
"सपना कहाँ सम्बन्ध जस्तो हुन्छन?
सपना त सरल हुन्छन?

उसको कुरा सुनी उनि थप्छिन
"त्यसो भए सम्बन्ध सायद काँचका "

एकटक निभेका चुरोटको धुवालाई नियाल्दै
उनको केशमा औलाहरु बेर्दै भन्छ,
"सम्बन्ध कहाँ काँचका हुन्छ?
कहाँ टुटेका काँच जोडिन्छ ?
तर यहाँ सम्बन्ध जोडिन्छ, जेलिञ्छ, झेलिञ्छ
कहिँ अल्झिन्छ  पनि
तर यो तोडीदैन तर जोडिन्छ फेरी
सपना र सम्बन्ध बीच स्तब्ध छन्  दुई  यायाबर यात्री

Comments