कहिले काही नचाहिने काम गर्छु म
कविता र कारणहरु बुझ्न खोज्छु म
कालो रात कहाली लाग्दो हुनु पुर्व
कोसिस एउटा गर्छु म
पुरानै कुरा, कहिले पुरा नहुने कुरा सोच्छु म
हरेक दिन नया सोच नआउने होइन
तर जब निन्द्रा अपरचित बन्छ यस्तै महसुस गर्छु म
कहिँ पढेको थिए, कविता केवल पढनकालागि
बुझ्ने कोसिसले विरक्ति जन्माउछ
अनि कारणले कठोर बनाउछ
कोसिसले त पक्कै कतै लानुपर्ने हो
तर प्राप्ति र प्रतिक्ष्या बीच जीवन छ अल्झेको
Comments
Post a Comment