तिम्रो साथ, सात समुद्र पार गर्न होइन
तिमीलाई सात जन्मको कसममा बाध्नपनि  होइन
रोजे तिमीलाई, एसको कारण मसंग छैन
तर थाहा छ?
सधै देखिने जून आजकल अझ सुन्दर हास्छ
हरेक सुर्येको किरणले तिमीलाई रंगआउछ
तिम्रा ति रंगले मलाई सजाइरहेछ 

जसरि जीवन पछि मृत्यु, भवितव्य
भेटपछि छुट्नु पनि छ अनिबार्य
मन मार्ने यी कुरा झूट होस् या सत्य
तिम्रो साथ नै छ मेरो लागि अमुल्य

तिम्रो साथ अनि तिम्रो मुस्कान मीठो लाग्छ
तिमीलाई देखे मात्र पनि खास लाग्छ
 हेरेक तिम्रा कुरा बिशेष लाग्छ

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence