हुन त आजकल जे पनि हुन्छ
तर सहि,सहि हो: गलत, गलत नै हुन्छ
सत्य जस्तै,हेर्न चाहेको कुरा सुन्दर नहोला
तर सूर्यलाई हत्केलाले कहाँ छेक्छ
जाहा जिन्दगी बिग्रेको महसुस छ
त्यहाँ जिन्दगी बनाउने बात कहा निस्कन्छ
अनि झूट त केवल बहाना, एकछिनको हुन्छ
जसरी सूर्यलाई कालो बादलले ढाक्न त सक्छ
पछि जब भारी हुन्छ, पानी बनि आफै बग्छ
हो आजकल हुन त जे पनि हुन्छ
तर जायज र नाजायजको अस्तित्व यथावत छ
Comments
Post a Comment