त्यहाँबाट खाली हात फर्कनुपर्ने निश्चित छ
जहाँ हुदै नभएको कुराको प्रतिछ्या गरिन्छ
हुदै नभएको आशमा जहाँ बसिन्छ
बिडम्बनाको जालो त्यहाँ बुनिन्छ

अनि कतै तमासा हेर्नेको कहानी
त कतै तमासा बन्नेको अभिब्येक्ति
सबै तेस्तै, तेस्सै कहानीमा बिलाउदैछन
अदृश्य होइनन् तर पनि महत्तो गुमाउदैछन

त्यहाँ विफल हुनु पक्का छ
जहाँ प्रयास एकतर्फी मात्र हुन्छ
अवस्था अनि यात्रा एक अध्याय पछि अर्कोको
कालो रातको बादलसंग जुधिरहेको जुनको जस्तो 

Comments