मैले देखेकोछु
सासको अभावमा होइन
आफ्नै सोचले निसासिएकाहरु

अरुको दबाबमा नभई
आफ्नै आशमा भासिएकाहरु 

मैले भेटेको छु
एक्लै रितो कोठामा गुम्सिएकहरु

मैले महसुस गरेकोछु
बोल्दा बोल्दै रोकिएका सब्द्को भावहरु

मैले देखेको छु
बुनिएको सपना बिथोल्नेहरु

मैले सुनेको छु
सत्येतालाई झूट बनाउदै हिड्नेहरु

मैले चिनेको छु
सहि हुदाहुदै हार्न तयार हुनेहरु

मैले महसुस गरेको छु
समसानको सुनेतालाई भंग गर्ने कोलाहलहरु

मैले भेटेको छु
एउटा सपना पुराहुनु पूर्व अर्को सपनाको पछि दौडनेहरु

Comments

Popular posts from this blog

Eng_Second Assignment_Vacation_

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem