म ऐनै ऐनाको सहरमा बस्छु


मैले देखेकोछु
सासको अभावमा होइन
आफ्नै सोचले निसासिएकाहरु

अरुको दबाबमा नभई
आफ्नै आशमा भासिएकाहरु

मैले भेटेको छु
एक्लै रितो कोठामा गुम्सिएकहरु
रित्तो कोठामा थन्किएका प्रयाशहरु

मैले महसुस गरेकोछु
बोल्दा बोल्दै रोकिएका सब्द्को भावहरु

मैले देखेको छु
बुनिएको सपना बिथोल्नेहरु

मैले सुनेको छु
सत्येतालाई झूट बनाउदै हिड्नेहरु

मैले चिनेको छु
सहि हुदाहुदै हार्न तयार हुनेहरु

मैले भेटेको छु
एउटा सपना पुराहुनु पूर्व अर्को सपनाको पछि दौडनेहरु

मैले चाखेको छु
मिठो माया अनि तेही माया समयसंगै अरुसंग साट्नेहरु

मैले देखेकोछु
झूट, सत्य, सहि, गलतको चक्रबिहुमा आफै फस्नेहरु

मैले चिनेकोछु
झूटको लडाइमा बिना कवच उभिनेहरू


मैले महसुस गरेको छु
समसानको सुनेतालाई भंग गर्ने कोलाहलहरु

म हरेक दिन ऐना जो हेर्छु

Comments

Post a Comment

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence