सोचिरहेकोछु संदेश को आउनेछ तिम्रो बोकी
गाउदै आउनेछ संदेश तिम्रो कुनै चरी
कि त चिठी बोकी ल्याउनेछ कुनै हुलाकी

माया तिम्रो लाग्छ मिठो
आँखाबाट ओझेल भएर के भो
साँचो माया तिमी मेरो
टाढा नजिकको छैन गुनासो

हरेक दिन भेट्छ पुरानै जून
जुन हेर्ने गर्थौ, हामीसंगै बसी
अझ पनि उस्तै छ त्यो झरनाको धुन
जून हेर्दै, धुन सुन्दै, बसेकोछु पर्खी

फर्की आउनेछौ हरेक हालमा
गर्नुछैन गुनासो मलाई
माया नै माया हुनेछ त्यो पलमा
थाहा छ मलाई

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence