न तिमी भूत न भूतकाल
न गएकाछौ अर्कै संसार
किन लिनु सुर्ता बेकार

पक्कै तिमी आउने छौ फर्केर
जब थाक्छौ सफरहरुबाट
तब पनि उत्साह कायम राख

हुन त परिचित अनुहार अपरिचित लाग्ला
तरपनि नबिर्सनु, राख्न मिठो मुस्कान मुहारमा
सायद याद आउला त्यो अनुहार मुस्कान मात्र साटिदा

किनकि याद त हामीलाई आउछ हरेकको
तर याद गर्न चाहन्छौ मात्र सुन्दर कुराको
अनि कुरा भेट्दाको होस् या छुट्टिदाको
याद हुने मुहारको मुस्कान नै हो

Comments

Post a Comment