आकार बिहिन सपना
सपना बिहिन संसार
तरपनि जीवन चलाउनु छ

सफलता प्राप्ति अघि
सपना बुन्नु छ
खुसि हुनु भन्दा बढी
अनुभवले खारिनु छ

खाली, खल्लो समय समाल्न 
र समालिन बनेका करकापका कर्तब्य
हिसाब गर्न बिर्सियका केहि अठोट
अन्योलमा भएपनि सबै बुझ्नु नै छ

त्यहि कतै छ
आकारयुक्त एक अदृश्य आवाज
हरेक आकार बिहिन बस्तु
त्यसमै सामर्थ्य देख्छु

आजकल अस्तित्वका कुरा सुन्छु
आकार बिहिन अस्तिवको ओकालत गर्छु
सुन्नै मन नलाग्ने कर्कश ध्वनीको अंश  भाछु

आकार बिहिन संसारमा बिलाउनु अघि सपना बुन्नु छ
सपना, सपना नै हो भन्ने बुझ्दा बुझ्दै पनि
टुट्ने टुंगो हुदाहुदै पनि सपना सजाउनु छ
मिठो सपना बीच अनुभवले  काम चलाउनु छ

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence