माया एक किसिमको लत जस्तै हो
तर यो लतले हामीलाई सन्तुलनमा राख्छ
अरु लत जस्तो एसले जीवन भंग गर्नुको साटो
एसले जीवनभर खुसिहुने भर दिन्छ
जीवन भर हुने हो वा होइन सायद एकिन गर्न नमिल्ला
तर मनलाई आनन्द दिने याद मायाले नै हामीलाई दिन्छ

कसैले आफुलाई महतो दिदाको पल होस् या
आफुले अरुलाई बिशेष बनाउन गरिएको प्रयास
यिनै हुन् आधार खुसि हुने अनि भाग्यमानी ठान्ने

सम्बन्धमा रम्ने अनि एसको आवस्यकता बुझ्ने लाइ थाहा छ 
होश गुमाउदा होस् या आबेगमा बहदा वा ध्यान बाडीदा
माया भनेको  माया नै हुन्छ
माया गरेको मान्छेलाइ चिनिन्छ
रुदा, रिश्मा हुदा, चाहना कुण्ठित हुदा त्यो साथ नै रोजिन्छ

हामी अरुलाई परिवर्तन गर्न सक्दैनौ
हामी अरुलाई परिवर्तन गर्न बनेका नै होइनौ
सायद अरुलाइ परिवर्तन गर्ने कोशिश मुर्खता हो
किनकि माया नै हो जसको लागि हामी पक्कै परिवर्तन हुन्छौ
आफै,... थाहै नपाइ
परिवर्तन हुन सकेनौ भने पनि हामीलाई थाहा हुनुपर्छ
आफ्नो मायालाई कसरी समाल्नुपर्छ
(Radio script for the show, Romantic hour for radio filmy)

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence