फर्कदै छ एक्लै



फर्कदै  छ  एक्लै
सान्त छ ठाउँ  तर सान्ति बिहिन उ
यात्रा एक्लै गर्दै छ उ सुरु 
असान्त मन सम्हाल्न  
फेर्दै छ सास पहिला जसरि नै
अनौठो  महसुस गर्दैछ एक्लै
सुनसान ठाउँ तर छ असान्त उ
अनौल्तामा हेर्दै बाटाहरु टुलु टुलु

उ बाटालाई हेर्छ वा बाटाहरु उसलाई
चुपचाप खै...  खाली छन्
हो उनीहरु सब मौनता बाड्दैछन्
सायद सब्द भन्दा मौनताको कदर बढी गर्छन
सायद आँसु महँगो मान्छन
आँसु गुमाउनु घाटा सोच्छन

उसलाई रुनु छैन किन कि उसले रुनु हुन्न 
सुन्यतामा छ तर उ सुन्य छैन 
समाजले सिकाको सिख सब भित्रै छ 
राख्न साख मर्द हुनुको 
गुटुमुटु पारी सब सुस्केराहरु
अफ्टेरा परिस्थितिहरु 
बिलौना लुकाउन रंगिन रेस्टुरेन्ट धाउदै 
सब शोक धन्दा धुवा उडाउदै 
 आज फेरी भीडमा भएपनि एक्लो छ
अनि सोच्छ हावामा धुवा छ र त धुवामा हावा

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence