हर दिन जानेका हरेक भाषाबाट
हुन्छ हरेक दिन बोलचाल
बुझाई बाझिदा
बर्णन गर्ने नमिल्ने हाल
अझ सम्हाल्नु पर्ने

कहानी लेख्दै, मेटाउदै
भन्छ बिर्सिनुछ,यो हो कस्तो जिद्दीपना?
खाली बनाउने भरिएका पुराना पाना

जरुर बुझ्ने बोलि बिहिन उ आजकल
हरेक बिहान चराहरुसंग सिक्दैछ कर्णप्रिय धोनी
कारण; सबेरै उनलाई छोडेर जान्छिन निन्द्रा देवीपनि 

हरेक रात राख्नुछ उसलाई हिसाब
मेटिएका, मेट्न बाकि रहेका कहानिका किताब
सिरनीमै छन्, छरिएका भने होइनन्
थुप्रो छैन किताबका अग्लो
हेर्दै,पढदै , पालै पालो,येसैले समय लाग्दैछ उनलाई
मेट्न लेखिएका अनि एक्लै बुनिएका सपनाहरुलाई
 















Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence