उचाइ ले  दिन्छ सच्चाइ

"उचाइ ले  दिन्छ सच्चाइ,
हावा झैँ हलुको बन्नेछ मेरो सोचाई "
उ भन्दै थियो, "उडान नै हो मेरो रोजाइ"  

मायालु हातको स्पर्शसंगै सम्झाउछिन उनि 
"आकाशले अङ्गाल्दैन, दिन्छ फर्काई
आकाश छुन गरिने उडाइ
उचाइले दिने उत्सुकता
कहाँ माटोको संगतले देला
माटोसंगको मनमुटाब बेकार छ
माटोमा नै  मिल्नुछ "

मुस्कान साट्दै अर्थ संगत उ सहि थप्छ
"माटोमा मिल्न माटो छोड्नुछ
आकाशतिरको यात्रापनि जरुरी छ
कुर्ने कुरा नै नगर, कहिले काही
जाँगरले पनि आलमलाई दिन्छ
अनि समय पनि त हामी जस्तै 
गतिसिल, गन्तब्य बिहिन
अनि फेरी बाटो पनि बिराइन्छ"

 उसको सामिप्यता अंगाल्दै उनि थप्छिन 
"माटोमा मिल्नु अघि यसलाई छोड्न अनेक यात्रा तय गर्नुछ
यात्रापछिको थकाई, थन्काउन माटोमा फर्कनुछ
आकाशको अंगालोको आश बेकार हुन्छ
माटोसंगको मनमुटाब बेकार छ
आकाश अंगाल्ने मोहमा
हावा झैँ बिना आकार बनिनेछ  "

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence