सोसिअल मिडिया, सिनेमा र सम्बन्ध

सोसिअल मिडिया, सिनेमा र सम्बन्ध


सिनेमा संसार प्रचारमा अडिएको छ । सोसिअल मेडिया एक महतोपूर्ण मध्यम हो मासमा जाने। त्येसैले आजकल फसेबूक, य़ोउतुब, इन्स्ताग्राम आदि जस्ता सोसिअल नेटवोर्किंग साईट  सूचना आदान प्रदानको एउटा राम्रो माध्यम भएको छ। पहिला नया कुरा जान्न, बुझ्न अझ सुचित हुनकालागि खबरहरु छाप्ने अखबार, म्यागजिन अनि रेडियो तथा टि. भी च्यानल मुख्य मानिन्थे तर बदलिदो प्रविधिका कारण विशेष गरेर सिनेमाका हस्तीहरुको सोसिअल मेडिया नै उनीहरुको बारेमा बुझ्ने एउटा राम्रो मेडिया बनेको छ । एसको माध्यमबाट  नै आजकल सिने सेलेब्सको बारेमा जानकारी गराउने मेडियालाइ पनि समाचार बनाउने एक राम्रो माध्यम भएको छ । सन् २०१२ सी एम आर- नेपालले गरेको रिसर्चको आधारमा भन्ने हो भने सोसिअल मीडिया पत्रकारहरुको लागि एकदम सहयोगी टूल बनेको छ। पत्रकारहरुलाई सहयोगी हुने देखिने यो प्रविधिले उनीहरुको भूमिका घटाउन पनि सक्छ। कारण आजकल फिल्मको त्रैलेर रिलिजका कुरा अनि पोस्टर रिलिजका कुरा सम्म सिनेका क्षेत्रका हस्तीहरु आफनो सोसिअल मीडिया मार्फत लेराउन सक्छन।

करिब एक दसक अघिको समय सम्म हामीलाई सिने जगतका हस्तीहरुको  सम्बन्ध, अनि रोमान्टिक लाइफ कस्तो होला भन्ने थाहा पाउन झन्डै असम्भव जस्तो थियो । तर आजभोली सोसिअल मिडियाका कारण फिल्म बाहिर पनि सिने सेलेब्सको सम्बन्धका कुराहरु हेर्न अनि पढ्न पाइन्छ । आजको अत्याधुनिक माहोलमा भिजेका सिनेसेलेबको सम्बन्ध भर्तुअल वोर्ल्डमा हेर्दा फिल्ममा हेर्दाको भन्दा झन् रोचक अनि लोभ लाग्दो लाग्छ। बदलिदो समय संगै बोल्ड भएका सिने सेलेब्स आफ्नो सम्बन्ध को झलक पनि देखाउछन्। वर्षा राउत, प्रियंका कार्की, आयुसमान देसराज, संयम पुरी, गरिमा पन्त, आदिको सम्बन्धका कुरा खुल्ला किताब सरह छ। उनीहरुको बारेमा थाहा पाउन अरु मीडिया पर्खनै पर्दैन । अनि उनीहरुको सम्बन्धको बारेमा खुलस्त पोस्ट भएकाले पनि उनीहरुको सोसिअल मीडिया स्टक गरिएकोपनि पाइएको छ ।
 केहि समय अघिका सेलेब्स फ्यान घट्ने डरमा आफ्नो रिलेसनका बारेमा खुलेर बोल्ने गर्थेनन। तर होस् नया फिल्म गर्दाको माहोल या होस् लटेस्ट समयको अवस्था, सब उपलब्ध छ सोसिअल मीडियामा।

अझ फेरी कत्ति सिनेमामा त्यति बोल्ड नदेखिएका कलाकार आफ्नो सोसिअल मीडियामा बोल्ड अनि ग्लामोरस भएर आउछन अनि तेस्लाई लीड मान्दै खबरहरु बनिन्छ्न जस्तै साम्रगी आर यल शाहको बोडीको ट्याटू। तेस्तै नेपाली सिने जगतका निकै मिल्ने साथीको ग्रोउप हो केकी अधिकारी, बेनिषा हमाल र रीमा बिस्वकर्माको सोसिअल मीडिया निकै रोचक बन्यो जब उनीहरु ब्यांकक गएका थिए। जसमा केकी अनि बेनिषाको सायदै कुनै फिल्ममा देखेको अवतारमा देख्न्ने मौका पायौ। अर्थात उनीहरु थिए बिकिनीमा, र  उनीहरु पोज निकै रोचक देखिथ्यो। यदि सोसिअल मीडिया नहुदो हो त यो सब सम्भव थिएन ।  त्येसैले सेलेब्रिटीको मीडियामा  अथवा सिनेमामा मात्र देखिन सक्ने रुप उनीहरुको सोसिअल  मीडियामा नै आयो । एस्ता गतिविधिले उनीहरुलाई ग्लामर देखाउने फिल्म मेकर अनि उनीहरुको बारेमा गोस्सिप अनि जानकारी प्रधान गर्ने मीडियाहरुको काम अझ चुनौती थपेको लाग्छ ।
हुन त निक न्युमन सोसिअल मीडिया, ब्लोगिंग साइट पत्रकारिताको लागि सहयोगी अनि एसले पत्रकारिताको ठाउ नै लिने बन्न नसक्ने बरु नया जानकारीहरु पाउने र विचार आदान प्रदान गर्ने माध्यम बन्न सक्ने बताउछन्। तर पनि सिनेमा अनि सिने सेलेब्सको बारेमा संप्रेसित खबर सेलेब्सको सोसिअल नेटवोर्किंग साइट भन्दा रोचक बनाउनुपर्ने कुरालाई नकार्न भने मिल्दैन। तेसैले त चलेका अखबार, म्यागजिन अनि रेडियो तथा टि. भी च्यानलमा उनीहरुको सोसिअल मीडिया कभर गर्ने सेग्मेंटलाइ स्थान दिएको पाइन्छ। 

Comments

Popular posts from this blog

Grammer & Usage_BCA_Technical Communication