पानी पनि बर्सिन्छ याद लिएर
मैलिएको मन बर्सने पानी कहाँ पखाल्न सक्छ र
धबैधब्बाको कपडा जस्तो बानि
जस्ता को त्येस्तै देख्छु
सुन्येतालाई भंग गर्दै कहिले सांगीतिक त कहिले टिप् -टिप् मात्रै
एउतै पानीको प्रकृतिपनि परिवर्तन भए जस्तै...

तर अजिब बानि केहि
खुम्चिएको कपडा धब्बैधब्बाको रेखी
उस्तै देख्छु, बिचरा बर्सने पानी
बर्सिन्छ नया यादका लागिपनि
तर सम्झना उस्तै
हरेक थोपामा ताजा बनिदिन्छ

बर्सने पानी कहाँ बिर्साउन सक्छ र
न्यानो हत्केलाको स्पर्स,
सुस्म धड्कनको आवाज
कहिले अनुभव नै नगरेको समिप्येता
सुन्दर अब सम्झना मात्र
तेसैले त पानीको थोपा जब पर्छ
तिनै याद ताजा बन्छ

तर बिडम्बना, केहि बानि जस्ताको तेस्तै
धबैधब्बको कपडा जस्तै
न आकाशबाट बर्सने पानी
न परेलीका सीत पखाल्न सक्छ
एकतर्फी सम्झनाको सिलसिला
सुन्येता अनि कोलाहल
दुबैमा जिवन्त रहन्छ
जब जब पानी पर्छ

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence