अहमदिया संघको ईद मिलन
समय सपेछ्य, जीवन जिउने तरिकामा परिवर्तन देखिएतापनि, हरेक समयमा हरेक समाजमा माया अनि शान्तिको महत्व बराबर देखिन्छ । हामी सबैजना जुनसुकै जातका होउ, या धर्मको, माया नै सबैलाई बाड्ने कडी हो। मायाको कडीलाई मजबुत बनाउन र घृणालाइ हटाउन, गत सनिबार अहमदिया संघले ईद मिलन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा मुस्लिम समुदएका सदस्य बाहेक हिन्दुहरुपनि समावेश थिए। कपनका वडा अध्क्ष्य नवराज भटराइको अध्क्ष्यतामा कार्यक्रम सम्पन्न भयो । भटराइले सम्पूर्ण मुस्लिम संगठनलाई उनीहरुको धार्मिक कार्यक्रम संगसंगै सामाजिक कार्य, जीवन निर्वाहको सीपका कार्यक्रम गर्न आहवान गर्नुभयो।
हाफिज़ अकरमले कुरानको करीमको पाठ गरेकाथिए भने अमीर अहमदले पाठलाइ नेपालीमा अनुबाद गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय गानलाई ससम्मान स्थान दिदै बिभिद गतिविधि भयो । अहमदिया संघका
निर्देशक, मोहन अहमदलले अहमदिया को परिचय दिदै सर्ब शान्तिका लागि इस्लाम धर्म सदैब अग्रसर रहेको जानकारी गराउदै यो कुनै एउटा मात्र देश अथवा जाति बिसेष नरहेको बताए। मन्तब्य दिने क्रममा उनि भन्छन्, "सय वर्ष अघि इश्वरले हजरत महमद (सल्लम) ले समस्त विश्व अनि मानव जातिको लागि इस्लामको स्थापना गरेकाथिए।"
उक्त कार्यक्रममा बोल्दै डा. अब्दुल आलिम भन्छन, "इद दुइ किसिमका हुन्छन; इद फितुर र इद अधा।" उक्त इद फितुरको उपलक्ष्यमा गरिएको कार्यक्रममा उनले ३० दिन भोकै बस्दा मुस्लिम समाजमा खानाको महत्तो दर्साउने र गरिबीका कारण खाना खान नपाई दुख कस्टमा रहेका प्रति आत्मिएता बढ्ने र उनीहरुमा सहयोगी हात बढाउने चाहनाको विकास हुने विचार व्यक्त गरेका थिए।
कार्यक्रममा एक श्रब्य दृश्य मार्फत अहमदिया संघले अन्तरास्ट्रिय स्तरमा गर्दै आएको विभिन्न कार्यक्रमको बारेमा जानकारी गराइएको थियो । प्राय पोपुलर मिडियाले मुस्लिम समुदायलाई प्रस्तुत गर्दा जिहादीहरुको धर्म रहेको समुदाय कट्टर हुने आसय लाग्ने किसिमका कुरालाई चित्रण गरेको र जनमानसमा मुस्लिम भन्नासाथ जिहादी समूह जस्तो सोच्नेहरु बीच इद मिलन जस्तो कार्यक्रम राख्नाले अह्मदिया समुदायको बारेमा सहि कुरा पुग्ने विश्वास राख्छन, अहमदिया संघका सदस्य इरफान चीमा ।
Comments
Post a Comment