स्टायल अनि फ्यासनको माग बर्दोछ, आजकल जो हेर नयाँ आएका आउट फीट संगसंगै डिजाइनर वेअर को डिमाण्ड गर्छन । येही कुरालाई मध्यनजर गर्दै डिजाइनर र सार्थक बुटिगको प्रबन्ध निर्देशक सीता भट्टराई जो ड्रेस डिजाइननिंगमा बिगत चौध बर्ष देखि आबद्द हुनुहुन्छ, सार्थक बुटिगको नयाँ शाखा विस्तार गरेको बताउनुहुन्छ । गत शनिबार राजधानीको चाबहिल  स्थित चाबेल प्लाजामा मिस् नेपाल इन्टरनेसनल २०१७, नीति शाहद्वारा बुटिगको तेस्रो शाखाको एक औपचारिक कार्यक्रम बीच उत्घाटन गरिएको हो। उत्घाटन कार्यक्रममा प्रमुख अतिथि नीति शाह लगाएत बिशेस अतिथि वरिस्ठ साहित्यकार निलम कार्की निहारिका र चाबहिल प्लाजाका प्रबन्ध निर्देसक निलेश मानन्धर उपस्थित हुनुहुन्थ्यो ।


कार्यक्रममा बोल्दै बुटिगको प्रबन्ध निर्देशक सीता भट्टराईले सन् २०२० सम्म थप दुइ शाखा विस्तार गरि ५ ओटा बुटिग बनाउने योजना रहेको जानकारी दिनुभयो । त्येस्तै  बोल्नेक्रममा कार्यक्रमको प्रमुख अतिथि नीति शाहले बुटिगको प्रबन्ध निर्देशक सीता भट्टराईसंगको पुरानो यादहरु सुनाउदै नयाँ शाखाका लागि सुभकामना दिनु भएकोथ्यो ।

वरिस्ठ साहित्यकार निलम कार्की निहारिकाले मन्तब्यकाक्रममा  ससक्तिकरंको सुन्दर नमुना बुटिग विस्तारलाई मान्दै महिलाहरु घर बाहिर पनि सक्रिय हुनुपर्ने कुरामा जोड दिनुभयो ।
बुटिक उत्घाटनमा बोल्दै प्लाजाका प्रबन्ध निर्देसक निलेश मानन्धरले राम्रो ठाउमा शोप्पिंग गर्न चाहने हरुका लागि सुरु गरिएको प्लाजामा छिट्टै नै नयाँ -नयाँ फूड स्टलपनि थप्न आटिएको बताए ।

Comments

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber