अधुरो नलागोस तिमीलाई यो सहर सुन्न तयार छु म तिम्रो हरेक रहर



कुरा नगर, सजाउने हुदै नभएको घर
एकछिनको साहाराको लाग्दैन केहि भर

हर्षित छ आज हाम्रो हाल,
तर परिवर्तित छ यो पल

अधुरो नलागोस तिमीलाई यो सहर
सुन्न तयार छु म तिम्रो हरेक रहर

आकाश जस्तै तिम्रो अंगालो
लाग्दैछ लेराएका छौ सपनाको संगालो

डर पो लाग्दैछ कता-कता
लाग्दैछ अर्थहीन, संसार सजाउने कुरा

मध्यरातमा सुनिएको स्वरले निन्द्रा बिगार्छ
लगाइन्छ अन्धकारमा कोरिएको तस्बिरको अनेकौ अर्थ

इशारा होइन अब, सब्द नै सुनौ सहि
गलत भए फेरी सच्याउन आउनन् कोहि

सुन्दर बनाउने प्रक्रिया नै विफल हुन्छ जब
होस्, नदेखौ नयाँ सपनाको संसार अब

नसिंगार्ने सम्भावना मात्र बोकेका सोचलाई
आकार बनाउन नभन तिम्रो सपनाको संसार मलाई

Comments

  1. Awwwwwww so sweet I'm going in flow 🌈🌈🌈🌈🌈🌈🌈

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Let Them Drink Water! Daniel Engber