सेप्टेम्बेर २४ र २५ मा संयुक्त राज्य अमेरिकामा हुन गैरहेको दिगो बिकास लक्ष्य शिखर सम्मेलनमा हाल विश्वब्यापी मानिएको समस्या, बाल बिबाहको बिषयलाइ बिशेष उठान गरियोस भन्ने आग्रह लाइ सरकारसम्म पुराउनका निमित्त बालिका दुलही होइनन नामक सस्थाले बुधबार र्र्याली संगसंगै राजधानी स्थित ब्रिटिश कलेजमा पत्रकार सम्मेलन गरेको थियो।

विश्वमा बालबिबाहको दर उच्च रहेको मुलुकहरुको सुचिमा नेपाल दोस्रो स्थानमा पर्छ। बालिका दुलही होइननको अनुसार नेपालमा बालबिबाह दर ६५ प्रतिसत रहेको देखिन्छ । बालबिबाहको कारण बैबाहिक जीवन दिगो नहुने, लैंगिक असमानता हुने, परिपक्क नभई सन्तान जन्माउदा मातृ तथा शिशु मृत्युको जोखिम, विभिन्न स्वास्थ्य  समस्याहरु देखिने आदि जस्ता समस्या बढ्ने भएको हुदा बेलैमा आउन सक्ने समस्यालाइ रोक्नका निमित्त  दिगो बिकास शिखर सम्मेलनका लागि संयुक्त राज्य अमेरिकामा जादै गर्नुहुने राष्ट्र प्रमुखहरु र प्रतिनिधिहरुले बाल बिबाहको बिषयलाइ  ध्यान दिन आवस्यक रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

बालबिबाह अन्त्य गर्न स्थानिय सरकार संचालन ऐन २०७४ मा सबै गाउँपालिका र नगरपालिकाहरुलाई बालबिबाह अन्त्य गर्ने कार्यक्रम समावेश गर्न निर्देशन गरिएको छ। येध्यपि प्रभाबकारी बनाउनका लागि  दिगो बिकास शिखर सम्मेलनमा नेपाली प्रतिनिधिहरुले यस बिषयमा कुरा उठाउदा अझ प्रभावकारी हुनसक्छ ।  नेपाल सरकारले बालबिबाह अन्त्य गरि दिगो बिकाशका लक्ष्यहरु हासिल गर्नको लागि ठोस उपायहरु पाउने थलो सम्मेलन बन्ने छ। संस्ठाका संयोजक प्रकाश खतिवडाले बालबिबाह समाप्त नगरी दिगो बिकाशका तय गरिएका १७ लक्ष्यहरु पूर्ण हुन नसकने बताए।

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence