मन मेरो अनि स्टिङ तिम्रो गिटार मा

 
गोधुली सन्ध्या
 चियाको गिलास
हात मा गिटार्
गिटार को आवाज्
तिम्रो हात को स्पर्श
गालामा मेरो
गाउनु गीत अघी
हरेक सन्ध्यामा

चन्चल गिटार का स्टिङ ति
मेरो मन झै चन्चल भएका हुन कि
झुम्छन तिम्रो हरेक स्पर्श मा
मन मेरो अनि स्टिङ तिम्रो गिटार मा

खै किन हो बन्द हुन्थे नयन यसै तिम्रो
बन्द नयन बीच खै के खोज्थ्यौ आफ्नो
म खोज्थिए आफुलाई हरेक शब्दमा तिम्रो
मेरो हरेक साझ नाम मा तिम्रो
चियाको चुस्की अनि तिम्रो साथ लाग्छ मिठो

हरेक दिन भेट्छ गोधुली साझ्
समय कस्लाई पर्खन्छ र
एउटै गोधुली कहिले सन्ध्या त कहिले केवल साझ्

त्यही समय, फरक छ परिस्थिति
न बन्द छ नयन न उत्सुक्ता छ बाकि
हरेक साझ सितल सङीत को साथ्
लाग्थ्यो मिठो पल अनि आज केवल एक याद्

गुपुचुप छन गिटार को स्टिङ्
रित्तो चियाको गिलास्
गोधुली सन्ध्या केवल एक साझ्
यही साझ माझ कोरेको शब्द
तिम्रो शब्द मेरोलागी छैन पर्याप्त 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence