Picture By: Eshan Karki
चुलिन्छ चाहनाको उचाई सधै
आफै एसको अघि सानो लाग्छ कतै
सोच हो कि समय साथ नरहने सधै
बदलिरहने आफ्नो बिपरित लाग्ने
समयले संग्लो बनाउने
अनि कहिले धमिलो भेल समयको छालले नै लेराउने
कल्पनाको सक्ति, स्वीकार्य सपनाको संसार
अनाहक आउने अन्योलतामा रुमलिएका
बेजोडका बिडम्बना
सुरुमा सरल लाग्छन
तर सन्जोग असहयोगी बन्छन
सायद सन्जोग पनि समय अनुकुल नै हुन्छन
अनि त कति कर्तब्य सम्भावना बोकी आउछन
अनि कति आफैलाई सानो बनाएर बिलाउछन।
Comments
Post a Comment