एकाग्र एकान्तमा




एकाग्र एकान्तमा 
बतास झैँ बेग्र मेरो मन 
हतोत्साहित हुदा 
होसमा राख्ने तिम्रो साथ
कोसेली कसेर राखेकोछु समाली 

अनगिन्ति अलमल अनि आलोचना 
बेहिसाब बेचैनी बीच 
संचित सुन्दर सपनाको बिडम्बना 
आलो -पालो आउछन 
एकाग्र एकान्तमा 

भोगाइ अनुसार भावना
बिलिन हुन्छन 
देख्न नै नमिल्ने अनुभबको संगालो 
सिलसिला साथको 
बिछोडमा परिवर्तन गर्छन 

लगानी बेगरका लगाव 
रकम, रसम हुन् या कसम 
समीकरण सुन्य नै हुन्छन 
उन्मातका उमङ्ग 
लट्टाईबिहिन चंगा सरह 
स्वतन्त्र उड्छ आकाशमा तर 
साथै भाको धागोको पनि हुन्न उसलाई भर। 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence