पुजाको साथमा सिनेकर्मी


अग्रज पत्रकार प्रकाश सुबेदी र अभिनेत्री पूजा शर्मा बीचको बिबादले कानुनीरुप लिसकेको छ।  येस्मा खुलेर पूजा को साथ दिदैछन नयाँ अनि पुराना कलाकार जुन निकै राम्रो कुरा हो।  उनको साथमा देखिएका नायिकाहरुले सामाजिक संजालमा खुलेर लेखेका छन।  यसबाट यो स्पस्ट हुन्छ जब आवस्यकता पर्छ नारीको बिषयमा कुरा गर्न सब एक जुट हुन्छन। सामाजिक संजालमा एस विषयमा व्यंग्यात्मक शैलीमा बोलिरहेकी छिन रीमा बिस्वकर्मा, 

"अहो! भो अब छाडिदिउ न। माफी माग्नुभो रे त। हामीहरु सुन्न, सहन अनि माफी दिन त पोख्त नै छौँ नि। पुस्तौ पुस्तादेखि माफी दिदै आएका त हौँ नि।फेरि एकपटक माफी दिदा के नै जाने हो र!! यसै पनि त्याग, सहनशीलता र न्यायको त प्रतिमुर्ति नै हौं नि।


कठै कसैको छोरा, श्रीमान, दाजु, भाइ, बुवा पो हुन् त बरै। सहन जति महान् छौँ , माफी पनि दिएर महानताको सधै झै उदाहरण बनौं अनि बनिराखौँ है। किमार्थ नचुकौँ है।


वुमन कार्ड्कै प्रयोग गर्नै पर्ने भो नि माफी दिन पनि । ल है वुमन/ भिक्टिम अनि खै के के कार्डको साख राख्न पनि माफी दिऔँ है।"


यसरी उनले अब विवाद पछि मिल्न गरिने माफीको ट्रेन्डलाई टार्गेट गर्दै बिना कुनै ठोस निस्कर्ष यो विषय माफी दिई सकाइने आसंका ब्यक्त गरेकी छि।  


यस बिसयमा सदाबहार नायिका करिश्मा मानन्धर पत्रकार र कलाकार बीच हुने अहिलेको खिचातानीलाइ जरा गाडेर बसेको प्रवृत्तिको संज्ञा दिएकी छि। 

" व्यत्ती त कुनै एक घटनाको पात्र मात्रै हो !

यो बेलाबेलामा हाम्रो वरिपरि भैरहने घटना हो ! जरा गाडेर बसेको प्रवृत्तिको सिकार हुन पुगिरहेकाछौ हामी !

आरूको तारीफ गर्ने र खुवी देख्ने संस्कारको विकास नै गर्न नसकेको जस्तो !

बरु होच्याउने नकारात्मक टिप्पणी गर्ने संस्कार बिकसित गरेको जस्तो !


गहिरिएर हेर्ने हो भने यो एउटा व्यत्तीबाट मात्रै हुने क्रियाकलाप होइन !

यो सुषुप्तरुपमा जालो फिजाएर बसेको मानसिकता हो ।

तेसैले प्रवृत्तिको बिरोध गरौ किनभने जब आगो जस्तो शब्द बाणले अरुको मनलाई भेदन गर्ने नियतले कोहि बोलिरहेको हुन्छ तब के के न गरुला भन्ने रिसाआवेगमा दन्कीरहेको हुन्छ ।

भक भक उम्लिएको शब्द रुपि लाभा ओकेल्छ , कहिले एकान्तमा त कहिले सारेआम !

जब उसमा त्यो रिसाआग्निको गति मन्थर हुन्छ उ तलाउको चिसो पानी जस्तै सितल हुन्छ ।

आखिर मान्छे न हो !

तर उसले छरेको झिल्काहरुले यत्र तत्र डढेँलो लगाइ सकेको हुन्छन्।

जब उ पश्चाताप र क्षमा भावमा हुन्छ !

सबै उ प्रति सशंकित हुन्छन !

के उसको भाव साचो होला र ?

गल्ती मानिस बाटै हुन्छ किनभने मानिस गल्ती सच्याउने सामर्थ्य राख्छ ।

तेसैलेत मानिस सर्वोच्चतम प्राणी ।

सृष्टिको कुनै पनि रचनालाई टिप्पणी गर्ने कसैको हैसियत र अधिकार छैन्।

सबै जिवित र निर्जीव वस्तु र जीवको आफ्नै विशेष महत्त्व छ , हर वस्तु र जीव आफैमा सुन्दर छन् ।

अफ्नो नैतिक जिम्मेवारीबाट जानी जानि बिमुखभाइ गल्ती गर्ने लाई सजाय हुनुपर्छ ,तर भुल बस गल्ती भयेको छ भने सचेतना सहित माफी दिन पनि सक्नु पर्छ !

त्यो पनि त्याहा जाहाँ कुरा परिवार बिचको हुन्छ ! घरको इज्जत बाटोमा लगेर प्रदर्शन गर्ने अधिकार कुनै परिवारका सदस्यको छैन् ।

मेरो आग्रह हजुरहरु सबैलाइ केहो भने शरीरमा घाउ लाग्दा तेस्लाइ खाटा बस्न दिनु उचित हुन्छ कोट्टाइ रह्यो भने त्यो निको हुदैन , दुख आफ्नै शरीरलाई हुन्छ ।

यो सब हामिले एकाअर्कालाई सहसम्मान गर्न नसक्नुको परिणाम हो । सार्वजनिक रूपमा वाद प्रतिवाद गर्नु भन्दा नि आपसी छलफल गरेर समस्या किन भयो , के हो भन्नेमा पुगेर कानुनी उपचार या अन्य उपचार खोज्दा राम्रो हुने थियो ।

एउटा चलचित्र परिवारको सदस्यको नाताले सबै मेरा प्रीय हुनुहुन्छ, भोलिको बिहानी संगै यो समस्या सकारात्मक रूपमा समाधान भयेको सुन्न पाउँ" 

यसरी उनले पुजा र प्रकाश बीचको बिषयले चाडो निकास पाओश भन्ने आशा व्यक्त गरेकी छिन।  

त्येस्तै फिल्मकर्मी अर्जुन कुमारलाई प्रकाश सुबेदी कलाकार सम्बोधन  गर्न नै चुकेका देख्छ। कुमारलाई उनको सैलीले कलाकारको इज्जतमा धावा बोलेजस्तो लाग्छ। 

राष्ट्रिय टेलिभिजन को कार्यक्रम मा अर्काको छोरी चेली लाई दारे थोती काली गोरी नेप्ती भुन्टी मोटी भन्ने अनी सम्बोधन गर्दा रिचा केकी सोस्तिमा साम्राग्गी आचल भनेर सम्बोधन गर्ने अधिकार चाइ छैन होला है ! रिचा शर्मा सोस्तिमा खड्का साम्राग्गी शाह केकी अधिकारि आचल शर्मा हो सामान्य manners पनि नभयकै महसुस भयो र यो प्रस्तुती हेर्दा त धम्क्ययको जस्तो पो लाग्यो त ब्रो अली कती change गर्न पर्‍यो सैली अनी यो फिल्म क्षेत्र कै कार्यक्रम चलायको छ यसैको इज्जत माथि धावा बोल्नु उचित् हैन

हामी पनि छौ ब्रो तेसैले सधैं controvercy कुरा मात्र गरेर प्रोग्राम hit हुने होर ? केही मिठो कुरा पनि गरौ न यार यसै पनि अवस्था यस्तो छ यस् माथि आफ्नै परिवार को सदस्य माथि किन गाली गलोज please यार अब पुग्यो र अर्को कुरा

ब्रो ले फिल्म क्षेत्र को धज्जी उडाइरहेको देख्दा साह्रै दु:ख लागि रहेको छ जुन क्षेत्र मा काम गरेर घर चलिरहेको छ त्यों उद्योगको अलिकति सम्मान पनि गर्ने कि ? हैन भने फेरी उही हो फेरी भाई फुटे गवार लुटे तेसैले अली सम्मेमित भयर बोलौ हामी सबै औटै परिवार का सदस्य हो घर को झगडा सडक मा नलेराउदा राम्रो हैन र ?साथी

मनमा लागेको कुरा लेखेको हो अब मेरो पछी लाग्नु हुन्छ होला pls समय खेर नफाल्नुस् किनकी तपाईं को अगाडि म सानो मान्छे हो यस्लाई advise को रुप मा लिनु होला धन्यवाद र तपाइको कार्यक्रम ४ पुस्ता हैन अबको २० औ पुस्ता सम्म चलोस सुभकामना छ ! 😃 🎥 🎞 🍿 ख़याल रहोस पत्रकारले कसैलाई दाह्रा किटेर गाली वा चाटु बनेर पद्वी दिने ठेक्का लिंदैन।र लीन पनी हुदैन मैले भन्दै आको कुरा .....

यस्तै भैरहे interview दिनेलाइ पनि डर मर्दों भो

लिने लाइ पनि डर मर्दों भो ,

त्यसैले एकले अर्कालाइ mistake गरोस भन्नु भन्दा

एक अर्काको mistake सच्याइ दिदॉ पो हामि सबैको भलो हुन्थ्यो कि ?

रिसानि माफ !!

#stopthis #jayanepalicinema

#besarpanipiucoronabhagau

#besarpanipiucoronabhagau

#सोचे झै ज़िन्दगी रैनछ !

येसरी उनि एक अर्काको गल्तीलाई सच्याइ दिएर अगाडी हिंड्दा सबैको भलो हुने विचार राख्छन। 

Comments