कठ्ठै नागरिक


आजकल पत्रकारिता र कलाकारिता गर्नेहरु बीच द्वन्द बढिरहेको छ।  दिन प्रतिदिन कुनै न कुनै बिषय येसरी चुलिन्छ कि मानौ महाभारत झैँ युद्द होला जस्तो भान हुने लाग्छ।  अझ बिशेषरुपमा महिला हरुको बिसयमा, संबेदनशील बिसयमा विचार आदान -प्रदान गर्ने दक्ष्यताको कमि भएपछि कति कुरा अपाच्य लाग्नथालेको छ।  अझ उदेग त तब लाग्छ जब तेस्तो गल्ति पुराना अनुभबी अग्रजबाट हुन्छ। अबको प्रसङ्ग रास्ट्रिय दैनिक नागरिकमा आएको लेखक, जसमा अभिनेत्री प्रियंका कार्कीको आचरणको बारेमा पुरातन सोचले ब्याप्त एक लेखिएको छ।  जसको टाइटल छ, संस्कारी प्रियंक।  अनि बनिएको छ    

छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान नायिका प्रियंका कार्कीलाई भने पूराका पूरा मिल्न गएको छ। बिहेअघि कहिले अर्धनग्न कपडा त कहिले त्यो बेलामा हुन बाँकी श्रीमान्सँगको अन्तरंग फोटोले माहोल गरम गराउने प्रियंकामा बिहेपछि व्यापक परिवर्तन आएको छ।


बिबाह पछि उनमा आएको परिवर्तनको बिषयलाई उठान गरिएको लेखमा महिलाको पहिरनलाई आधार मानेर विस्लेषण गरिएको ।  हुन त  विस्लेषण गर्नका निमित्त अनेकौ कोण छन् तर जब महिलाको बिसयमा कुरा हुन्छ त्यो समय मा किन केवलको आवरण नै बिषयबस्तु बन्छ ? यो पुरातनबादी सोचको उपज हो भन्दा फरक पर्दैन ।  अनि येही कुराको बिरोध गर्दै  महिला सिनेकर्मी  देखियका छन्। 


उक्त लेखप्रति प्रियंका बाहेक बिनिता बराल, निशा अधिकारी, केकी अधिकारी आदिले बिरोध जनाएका छन।  प्रियंका लेख्छिन के तपाईँका "छोरी-चेली संस्कारी छन्?

छैनन्? बिहे गरिदिनुस.... शरीर ढाकिदिनुस.... चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्....

सपना नदेखाउनुस... 'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस... चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ.... बिहे नटिके 'समाजले कुसंस्कारी भन्छ फेरि'.....

धन्यवाद नागरिक परिवार, अब समाज साँच्चै सुध्रने छ.....संस्कारी बन्नेछ.....


विगत केही समय यता, हामी महिला कलाकारहरु निरन्तर यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता त लाग्छ नै, साथै एक किसिमको डर पनि लाग्छ। डर यस कारण पनि कि, हामी बिच यस्ता साँघुरो सोच भएका मान्छे मात्र छैनन्, ति मान्छेहरु पुरै समाजलाई 'influence' गर्न सक्ने ठाउँमा समेत छन्। कहिले आफ्नो द्वेश पुरा गर्न त कहिले इर्श्या, केही पत्रकार देखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ। कहिले 'बिक्ने समाचार' बनेर त कहिले 'हिजो आएकाले हेप्ने' भन्दै, हामी समाजलाई 'महिला कलाकारहरु' तर्फ झनै नकारात्मक बनाउँदैछौँ।


के हामीमा अब 'social responsibility' सकिएकै हो त?

आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ। के महिला कलाकार सम्मानका लायक छैनन्?

के हामी 'बिक्ने समाचार' र 'हट गसिप' मै सिमित छौँ??????"

येसरी प्रियंकाले पढेलेखेका पत्रकारहरु पनि पहिरन भन्दा माथि उठ्न नसकेकोमा खेद प्रकट गरेकिछि।  अनि हाल अमेरिकामा रहेकी बिनिता बराल लेख्छिन 

"प्रियकां कार्कीको बिहे पछिको जीवनशैली लेख्ने पत्रिका माथि पनि मेरो “कठ्ठै कठ्ठै” प्रकट गरे।"

#कठ्ठैनागरिक

#च्व #च्व #च्व !


त्यस्तै निशा र केकी ले तेही पोस्टलाई सयर गरेकाछ।  निशाले राष्ट्रिय दैनिकबाट एस्तो हर्कत आसातित नभएको उल्लेख गर्दै निकै लज्जास्पद र दुख लाग्दो रहेको आसय ब्यक्त गरिछिन 

   

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence