किताबी ज्ञान र स्पस्ट छ उदेश्य

 



अनगिन्ति पाना बीच जसरी दौडनछन यी औंलाहरु 

यी किताबी ज्ञान बीच 

त्यस्तै अनवरत रुपमा मेरा पाइला अनविज्ञ पथमा 

बिहानको झिसमिसेको हो कि मध्य रातको अधेरी बीचमा गर्दैछु यात्रा 

पट्टकै पत्तो छैन 

यो अँधेरी बाटो बीच उज्यालो लाई अछाउदै उज्यालो देखिने यी बाटोले अन्धकार मै लागि छोड्ने छ या

सत्य पनि नलुक्ने किरण बीच मलाइ उभ्याउनेछ

तर यी उज्यालोलाई पछाउदै गरिरहेको यात्रा मेरो,

 किरणलाई नै  भेटाउनको लागि हो 

स्पस्ट छ उदेश्य मेरो 

र पनि उज्यालो बीच कै यात्रा मा देखिने कालो आफ्नै छायाँ देख्दा किन हुन्छ महसुस यस्तो

चाहे यात्रा जतिनै उज्यालो मा किन न होस् या उदेश्य  स्पस्ट किन नहोस 

भ्रम न हो गन्तब्य 

यात्रा मात्र एक सत्य

जसको अन्त्य भवितव्य

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence