Trivia to Nepali Films
१) कुन चलचित्रको निर्माण र निर्माण पछिको कार्य गरि पहिलो पटक ३ देशमा भएको थियो?
- बिश्वास
(धुलाई थाईल्याण्ड, छायांकन र सम्पादन नेपालमा, गीत रेकोर्डिंग र ध्वनि मिश्रण भारतमा )
२) नेपाली हास्यप्रधान सामाजिक कथानक चलचित्र कुन हो ?के घर के डेरा ( २०४१ निर्माण , २०४२ प्रदर्शन )
३) पहिलो रंगिन चलचित्र कुमारी को निर्देशक को हुन् ? प्रेम बहादुर बस्न्यात (२०३४)
४) कुमारी कि नायिका को हुन्? चैत्य देवी सिंह
५) पहिलो नेपाली चलचित्र आमाको शिर्ष भूमिका कसले गरेकोथ्यो? चैत्य देवी सिंह
६) सिन्दुर कति लागत मा बनेकोथ्यो ? साडे बाह्र लाख
७) सिन्दुरका निर्देशक को हुन्? प्रकाश थापा
८) सिन्दुरका फाइट निर्देशकको हुन्? गोपाल भुटानी
९) सिन्दुरका हास्य कलाकार को हुन् ? गोपाल राज मैनाली
१०) सिन्दुरका खलनायक को हुन् ? निर शाह
११) पहिलो व्यवसायिक रुपमा सफल चलचित्र कुन हो , यो कति दिन सम्म चलेकोथ्यो ? सिन्दुर ५२ हप्ता
१२) भुवन केसी को पहिलो फिल्म किन को ? जुनी
१३) बदलिदो आकाश का निर्देशक को हुन् ? लक्ष्मीनाथ शर्मा
१४) बदलिदो आकाश कुन साहित्यकारको कथामा आधारित थियो ? बिजय मल्ल
१५) नेपाली कथानक चलचित्र अल्लारे कहिले प्रदर्शन भएकोथियो ? २०५४
१६ )नेपाली कथानक चलचित्र अल्लारे कति लगानी मा बनेको थियो? २५ लाख
१७) नेपाली कथानक चलचित्र अल्लारेका निर्देशक को हुन् ? अशोक शर्मा
१८) देउता का निर्देशक को हुन् ? युबराज लामा
१९) फेरी भेटौला मा मनिषा कोइरालाको साथमा देखिएका नायक को हुन् ? प्रकाश अधिकारी
२०) बिजय लामाले प्रमुख नायकको रुपमा काम गरेको फिल्म कुन हो ? आदर्श नारी
२१) नेपाली चलचित्र कान्छीमा सम्बाद कसको थियो ? चेतन कार्की
२२) बासुदेव कुन उपन्यास मा आधारित छ ? कट्टेल सर को चोटपटक
२३) बासुदेव को बहुचर्चित गीत यात्री कसले लेखेका हुन् ? महाकावी लक्ष्मी प्रसाद देवकोटा
२४) कुसुमे रुमाल कुन ब्यानर मा बनेको हो ?सयपत्री फिल्म्स प्रा लि
२५) कुसुमे रुमाल कति लगानीमा बनेको थियो ? २२ लाख
Comments
Post a Comment