न नौ डाढा पर न सात समुन्द्र पार







महसुस हुदै छ एस्तो 

हल्का हावा जस्तै 

कपास झैँ 

कि रंगी चंगी चंगा जस्तै 

तपाइको सब्दमा सजिएकी छु

जिन्दगीको यो पल विशेष ठानेको छु 

न नौ डाढा पर न सात समुन्द्र पार 

जाने थियो रहर 

तर अचम्म को रहर साँच्दैछु  

सोचमा नै नभएकै सहर 

सोच्दै नसोचेको सफर तपाई संगै गर्ने छु 

यात्रा सरल बनाउने प्रयास तपाइको म बुझ्दैछु 

तपाइको साथ जीवनको मिठो उपलब्धि हो कि लाग्छ 

तेसैले हरपल तपाई संगै रहर जागेको छ 

आज अनि अझै केहि दिनको पर्खाइ 

निकट हुने कोसिस छ मेरो जारि बुझ्दै तपाइलाई 

मनमा अनि मस्तिस्कमा तपाइकै कुरा 

लाग्दै छ मेरो पर्खाइको हुदै छ अन्त्य र सपना पुरा 


आजकल लाग्छ एस्तो 

हरेक समय सजिएकी दुलही जस्तो 

अलि अलि हिच्किचाहट अलि अलि मातिए जस्तो 

माया केवल मेरो लागि होस् तपाइको 

हजारौ दुरी पर भएपनि आभास पाउछु नजिकैको 

अह ह होइन यो जादु हामीले एकार्का लाइ लगाएको 

यो त लाग्छ हामी एक हुन भाबिले रचेको मिठो कथा प्रितको


तपाइलाई सुन्दै, स्पर्श तपाइको महसुस गर्न सक्छु 

१४ फेव मात्र होइन तपाई आउने आशमा जीवनभर कुर्न सक्छु 


केवल माया तपाइको अनि साथ सधैंको 

यति आसिश भए पुग्छ - दैब अनि तपाइको 

 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence