केवल प्रश्न !



मात्र भावना साट्दै  नखाई केहि कसम

के माया गरिराख्नु हुन्छ मलाई?

अनिश्चित समय को हरेक पल 

के निश्चित तपाइको साथ दिनु हुन्छ मलाई ?


अँधेरो बाटो एक्लै हिड्ने आँट नभएको होइन मलाई 

तर के यहि बाटो हिंड्न साथ दिनुहुन्छ मलाई ?


थाहा छ मलाई बाडिएका छ समय तपाइको धेरै 

बुझ्दै मेरो परिस्थिति अनि तपाइको बुझाउदै मलाई 

के राख्न सक्नुहुन्छ सधै न्यानो अंगालोमा मलाई ?


साथ तपाइको सरल हुने हो वा बिडम्बनाको सफर 

सामना तपाई संगै गर्ने मन छ चाहे जस्तो होस् प्रहर 

के सबै बिडम्बना भन्न सक्नु हुन्छ तपाइको  मलाई ?

Comments