आजकल म बढी नै मुस्कुराउछु







खाली लाग्थे हात मेरा 

एक्लो थियो जीवनको यात्रा 

भयो एक डरको अन्त्य 

आगमन तपाइको एक मिठो सत्य 

साथमा तपाइको छुट्टै न्यानो न्यानो हुन्छ अनुभव 

आजकल अलि बढी मुस्कुराउछु 

अनिश्चिततामा बनेको तपाइको साथ

सायद येसैको हो प्रभाव


लाग्थ्यो कहिले काही माया भन्ने कुरा नै छैन 

कहिले लाग्थ्यो म त्यति भाग्यमानी छैन 

त्यसैले माया अनुभव गर्दिन 

अनि फेरी लाग्थ्यो माया भ्रम हो

म भ्रममा बाँच्दिन 

तर जब तपाईको आयो प्रस्ताब 

मायाको यस्तो आयो वहाव 

रोक्न नै मन लागेन 

भनुम कि भाग्य यसलाई 

या केवल तपाइको प्रभाव 

चाहे जे होस् 

आजकल म बढी नै मुस्कुराउछु 

साथ सदा चाहन्छु दिन अनि पाउन तपाइको 


Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence