एउटै देखिने लक्ष्य पाउन गरिने कोसिस आ- आफ्नै

 माया मा तपाई अनि म 

तर हाम्रो परिवेश बेग्लाबेग्लै 

एक हुने चाहना तपाई र मेरो एउटै 

तर एस बीचको बिडम्बना हाम्रो छुट्टा छुटै 

एउटा संसार बनाउने चाहना तपाई को अनि मेरो

अनि फेरी एस बीचका सम्झौताको कथा हाम्रो आ- आफ्नै 


भौगोलिक दुरी मेटाएर साथ दिने चाहना एउटै 

तर साथले आउने नयाँ मोड हाम्रो जीवनको बेग्लाबेग्लै 

यादमा साँचेका सपना अनि लक्ष्य हाम्रो एउटै 

तर तेही सपना पुरा गर्न गरिने यात्रा छुट्टा छुट्टै 

एउटै बहाबमा हामी दुवैजना तर अनुभब बेग्लाबेग्लै 

एउटै देखिने लक्ष्य पाउन गरिने कोसिस आ- आफ्नै 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence