माया त एकतर्फी बाट सुरु हुन्छ




माया गरेर कहाँ सकिन्छ ?

माया त बरु सकिन्छ 


माया कहाँ सकिन्छ ?

मायाबाट त बरु सिकिन्छ 


माया कहाँ बिरानो हुन्छ 

मायाले बरु कहिले बाटो बिराउछ 


मायाले कहाँ मार्छ 

मायामा बरु मरिन्छ 


मायामा कहाँ कोहि एक्लो हुन्छ 

माया नहुदा बरु भिडमा पनि एक्लो होइन्छ 


माया कहाँ जबरजस्ती हुन्छ 

माया त जब्बर अनि अमर हुन्छ 


माया कहाँ एकतर्फी चाह मा सकिन्छ ?

एकतर्फी चाह लाई कहाँ माया भन्न हुन्छ ?

यो त मायाको सुरुको खुड्किला हुन्छ 

माया त एकतर्फी बाट सुरु हुन्छ 

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence