प्रेमको किताब





एकादेशको सहि  हाम्रो  प्रेमको  किताब

यसको हरेक पानामा छ माया बेहिसाब


हो बादल मडारिएको छ आज

हामी साथ् हुदाँ मनोरम हरेक साझ


चाहे आओस हुरी बतास

चाहे जाडो ले बनोस तुसारापात


अमर सुन्दर हाम्रो प्रेमको किताब


न मायामा मागिन्छ भिख

न माया को केहि सिख


मायामा कहिले हुदैन अति

मायाले गर्दैन कुनै खति

बरु मायामा गइन्छ सति


कहाँ हुन्छ मायाको कमण्डलु कम्जोर त्यति

एउटा आशामा दिएको आशिश सजिलै हुन् क्षति


पारिलो त्यो पहाडमा मडारिएको कुहिरो

एक अर्काको मायामा हराउदै -मार्दै अंगालो


नियाल्दै त्यहि चन्द्रमा जो लुक्दैछ

हाम्रो माया देखि लजाई

कालो बादलमा

अन्धकार बनाई

हाम्रो मायामा अझ थप्न मिठास

हामीसंगै यो प्रकृतिपनि गर्दै छ प्रयास


एकादेशको सहि  हाम्रो  प्रेमको  किताब

यसको हरेक पानामा छ माया बेहिसाब


हासो र रोदनको संगममा

सुनेको संगीतको हरेक झन्कारमा

प्रेमिल कालो रातको सम्झनामा

हरेक पलको हिसाबमा

जोडिने अनि बढ्ने समीकरण मात्र हाम्रो

रोदन होस् चाहे

बिछोड केहि पलको

सहयात्री हामी एक अर्काको जनम जनमको

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence