बेकारको बकवास, गफाडीको गफ जस्तो बिग्रिएको, बेरुजु हिसाब जस्तो



भिडको बिचमा उभिएको छु
यो भिड मेरो चाहना होइन
एउटा गन्तब्यपछि दौडीएको छु
यसको बिचको सुन्यता मेरो लक्ष्य होइन
सफा देख्छु बाटो
केहि कठिन नै छैन
कहिले नछोड्ने साथको पछि थिए
तर साथ होइन पाए कहिले नछोड्ने याद
कहिले नछोड्ने याद
केहि मर्म स्पर्शी साथ, मायाको नासो
कोसिस खुसि हुने, अर्थहीन पलको हासो
सायद यस्तो, सस्तो पट्यार लाग्दो पल

एकनास अघि बढिरहेको घडी र जीवन, उस्तै लाग्छ
हरेक दिन अघि बर्दै, चलायमान तर
जानु कहिँ छैन, देख्ने कुरा नया हैन
अनि फेरी अर्थहीन भोगाइका कुरा
बेकारको बकवास, गफाडीको गफ जस्तो
बिग्रिएको, बेरुजु हिसाब जस्तो
बेइमानी बिडम्बना
जुन कुरा चाहिन्छ तेहि कुराबाट टाडा भाग्नु पर्ने
सफा सुन्दर तर पनि कहाली लाग्दो 

Comments

  1. बेकारको बकवास, गफाडीको गफ जस्तो
    बिग्रिएको, बेरुजु हिसाब जस्तो
    बेइमानी बिडम्बना

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence