कहिले बाफ त कहिले बरफ बन्नुछ


चिसो मौसम
चिसो मन अनि मस्तिस्कका मान्छे
न मन समाल्न सक्छ
न मौसम समाल्ने सामर्थ्य राख्छ

सुन्य डिग्रीमा जमेको पानी
मान्छे बन्छ कठोर कहिलेकाही कोमल पनि
आकार भएर पनि आकार बिहिन
जसरी पानी कहिले कठोर: बरफ त कहिले बिलाउछ बाफ बनि

सायद जसरी सुन्य डिग्रीमा जम्छ पानी
जम्दैछु  सुन्येतामा म पनि
रहर त थियो बाफ झैँ उड्ने
तर नियति मेरो समय संगै बिलाइजाने

सुन्य हुनुछ, सुन्येतामा नै बिलाउनुछ
एक चिसो सैयामा सुत्नुपुर्ब,
तात्तिन विभिन्न बहाना बनाउनुछ
त्येसैले कहिले बाफ त कहिले बरफ बन्नुछ

न मौसम न मृत्यु यसको हातमा
तर पनि जीत ठान्छ जम्नुमा
दम्भ अनेक राख्छ जीवनमा
यहि चिसो मौसम झैँ मन अनि मस्तिस्क लग्छ  साथ्
अन्त्यमा

Comments

Popular posts from this blog

Phrases, Clauses, Fragment & Sentences_Grammer & Usage

Academic Writing class_content BBA 4 sem

Simple/ Compound/ Complex + Voice+ Precise Sentence