जब म बने "जौ "पात्र
साथमा थ्यो साहस मात्र
जान्छु नभनी निस्कन
झर्न आँटेको आँसु रोक्न
बखुबी निभाए जस्तो
भएर पनि नभए जस्तो
खै थियो त्यो पल कस्तो कस्तो
न भेट्दा देखे कोइ खुसि, न मुस्कान साटियो
न छुट्दा साटियो न्यानो अंगालो
मात्र "जौ" सब्द गुञ्जियो पालै पालो
रिष, रागमा सकियो अनुराग
बिचरा आँसु पर्यो एक्लो
बर्बराउदै ,बरालिदै बहाव बन्यो बेग्लैको
अझै याद छ कस्तो थियो त्यो रात चन्द्रमा
ताराहरु थिए बादलको कैदमा
चुप चाप थियो उ बिचरा
सफा बिहानीको थियो उ प्रतिछ्यामा
Comments
Post a Comment