Katha Bhitra ko Katha 2

 एक समूह महिलाहरु ऊन को लुगा बुनिरहेका हुन्छन।  हासो संगै केहि वार्तालाप भइरहेको दृश्य। 


माया : १ बजे छ , आज मलाइ चाडो जानु छ। 


सरला : ओह हो ! के हो आज मोहन संग भेट्न जान लागेको ?


माया : लौ दिदि पनि जिस्काउनु हुन्छ।  आज एउटा हाम्रो योजना छ। 


सरला : के हो त्यस्तो योजना ?


मोहन आइपुग्छन।  झोला मा ऊन राख्दै भन्छन -


मोहन : अब २ हप्ता लाई पुग्ने लेराएको छु।  नयाँ आएको order लाई पुग्छ। 


माया एक तमास मोहन लाई हेरिरहेकी हुन्छिन। 


मोहन : माया खाजा खायौ ?


माया नबोली टाउको मात्र हल्लाउ छे। नखाएको संकेत दिन्छे 


सरला :  आज के छ योजना भनेको जस्तो लाग्छ तिमीहरु को ?


मोहन : अ छ दिदि पछि भन्छु है ?


सरला अनौठो मान्दै हेर्छिन। 


मोहन: जाऊ माया 


माया काम गरेको ठाउबाट उठेर निस्किन्छे।  उनीहरु नजिकै को पसल मा जान्छन।  


मोहन: तिमि म संग बिवाह गर्न तयार छौ नि ? 


माया मुस्कुराउदै तल हेर्छिन।  


मोहन: म त तयार छु।  


माया : अनि मेरो के कुरा मा संका लागेर फेरी सोधिराको? हामीले अस्ति बिहे गर्ने कुरा गरेकै थियौं। 


मोहन : अह त्यो त मलाइ थाहा छ तर तिमि १६ बर्ष कि नाबालक फेरी पछि केहि भयो भने कानुन लाग्ने डर मलाइ 


माया:भो उमेर को कुरा नगर्नु।  म पनि माया गर्छु तपाइलाई।  मलाई मन्छ तपाइँ संग बिहा गर्न 


(मोहन को हात समात्दै ) माया : मेरो घरमा पनि तेस्तो रोक्ने टोक्ने कोहि हुनुहुन्न। 


एउटा मन्दिर बाहिर माया र मोहन खुसि देखिंदै छन्।  मोहन सिन्दुर लगाइदिञ्छन र माया माला। 


खाना बनाइरहेको  द्रिस्य, कोठा सफा गरिरहेको, लुगा धुदै , मिलेर काम गर्दै को द्रिस्य 


बेड मा पल्टिरहेका दुवै जाना भबिस्य को कुरा गर्दै। 


मोहन: हेर माया सब ठिक्छ तर अलि अलि गर्दै हाम्रो आवसेकता बर्दै छ।  अब म विदेश जना पर्ला नि ?


माया : अनि म एक्लै के गरेर बस्ने ? 


मोहन : तिमीलाई साथी छोडेर जामला नि म?


माया : को साथी?


मोहन : ल आउ बुझाउछु 


माया लाई कसेर अँगालो म़ा बाध्छ।  मायाको आखा बन्ध हुन्छ।  


अर्को द्रिस्य मा टाउको समात्दै , खाना खान ,नमान्दै , मोहन खाना खान दिन्छन , अर्को द्रिस्यमा pregnant   भएकी माया लाई फलफुल खुवाउदै मोहन। 


उनि सानो बच्चा लाई लिएर बसेकी  मायालाई अंकमाल गर्दै मोहन। 


मोहन : अब साथी पायौ अब हाम्रो आय स्रोत बढाउन बाहिर जानुपर्छ , के भन्छौ तिमी? 


माया : तपाइलाई जान दिन त मनछैन।  के गर्ने ?


मोहन : दुख मन नगर म केहि बर्ष त हो।  जान त मन छैन।  तर गरिब भएर जन्मेपछि 


माया बच्चालाई हेर्दै मोहनको मुख हेर्छिन 

मोहन luggage लिएर बाहिर निस्कनछन।  


माया एक्लै कोठामा दुखि भएर बसेकी हुन्छिन।  


सानो बच्चा खाना खान्न भन्दै अरु chocolate को लागि  गन गन गर्छ।

तेही समयमा विदेश बाट call आउछ 

 मोहन : हेल्लो ! ठिक छौ नि ?

माया : ठिक छु।   यहा छोराले छोराले पनि सोधिराख्छ।  तपाई राम्ररी बस्नु है। 

मोहन : हुन्छ तिमीपनि हेरविचार गर। 

माया : मैले एउटा काम पाएको छु।  नजिकै घर मा गर्ने हो।  के गर्ने जाम ?

मोहन : छोरा लाई हेर्न पर्ला , कसरि भ्याउछौ ?

माया : छोरा स्कूल जान्छ।  अनि 

मोहन : (अलिक माया को कुरा मन्पराउदैन ) जे लाग्छ गर 

माया :  जे लाग्छ गर ! के भन्नु हुन्छ ? तपाइको पैसा पनि कैले आउने।  छोराले भने अनुसार कसरी कसरी पुराउने , तपाइलाई त जे छ भन्दा भयो एक कल गरेर 

मोहन : ल ल छोड म सुत्छु अब 

माया : हस  

(फोन काट्दै दुवै आधा आधा frame  मा )


घर मा हतार हतार काम गरिरहेकी माया , फोन बज्छ।  फोन को लगातार रिङ्ग बजिरहेको हुन्छ। 

फेरी घर धनि ले पनि बोलाइ रहेका हुन्छन।  फोन उठाउन लाग्दा काटिन्छ 

माया: हजुर भन्दै बाहिर निस्कन्छे। 


माया ढोका खोल्दै, फोन आउछ , फोन हेर्दै उठाउछे 

मोहन को फोन हुन्छ ,

मोहन: हेल्लो , फोन पनि उठ्दैन त (रुखो स्वोर मा बोल्छ )

माया: काम मा बिजी भाको ले। 

मोहन: त्येही अब काम गर्न थाले पछि , छोरा खै त ?

माया: अ साँची मैले त काम ले गर्दा भुसुकै बिर्सेछु अब उसलाई लिन जान्छु।  अब म फोन राख्छु। भरे भरे गर्नु न। 

मोहन : म भने काम सकिने बितिकै कुरा गर्न खोज्छु।  भनेको time मा नमिल्ला भनेर।  उसको कैले के कैले के 

माया: धेरै कुरा गरेर के गर्ने काम गर्नु न।  अब मेरो पनि तेस्तै हुन्छ।  हप्ता को एक पटक कुरा गर्दा भैहाल छ नि। 

मोहन : यहाँ  सब जाना काम नहुदा आफन्त संग कुरा गर्छन।  तर अब तिमी तेस्तो भन्छौ। 

माया : दुख मन नगर्नु अब जसरि हाम्रो अवथा देखेर विदेश जाने कर तपाइलाई पर्यो अब यहा मेरो पनि तेस्तै छ।  काम त गर्न पर्यो।  तपाइको मात्र आश गरेर पनि भएन। 

मोहन : किन तेस्तो कुरा गर्छु माया ?

माया : टाढा हुनुहुन्छ   मेरो एताको बिबसता  तपाईलाई  थाहा  हुन्न।  

मोहन : म त तिम्रो कुरा बुझ्दिन 

माया: मैले राखे फोन छोरा लिन जानु छ। 


अर्को scene  माया फोन गर्ने कोसिस गर्दै हुन्छिन 

 फोन लाग्दैन 

छोरा लाई पानी पट्टि लगाइदै छ। 

purse खोल्छे केहि रुपयाँ मात्र हुन्छ। 


तनाब मा उनि छोरा को स्कूल को बिल को पैसा हेर्दै अफ्टेरो महसुस गर्दै हुन्छिन। 


सरला दिदि लाइ कल गर्छिन। 


माया: दिदि मलाई एकदमै धेरै पैसा कमाउने काम चाइयो। 

सरला: के भयो माया ? अचानक कल गरेर किन तेस्तो भनेको ?

माया: मलाई पैसा नाबयेरा कस्तो अफ्टेरो परेको छ।  बुढा पानी पैसा कै लागि विदेश मा छन्।  येही पैसा कै लागि हामी बीच मा झगडा पनि परिरको हुन्छ।।

सरला: पैसा त आवसेकता हो सब को।  तिम्रो काम त छ त 


माया : , त्यो काम ले गाह्रो छ।  फेरी अहिले छोरा बिरामी  छ। 


सरला: ओ हो ! भोलि भेट म बाबु को लागि खर्च दिन्छु ।  


माया सरलालाई भेट्न जान्छे।  सरला भाडा पखालिरहेकी हुन्छिन 


माया : हेर्नु न दिदि समस्या पनि पैसा नै रहेछ।  श्रीमान विदेश मा भनेर के गर्नु कुरा पनि हुदैन आजकाल।  काम गरेको पैसाले घर भाडा , बाबु को स्कूल को फी अनि खाना खान पुगनपुग छ।  उहा संग पनि कुरा नै मिल्दैन। 


सरला: अब के गर्ने सोच्या छौ त। 


माया: अस्ति मैले भनेको थिए नि अलि धेरै पैसा कमाउने काम गर्नु पर्यो भनेर। 


सरला: धेरै पैसा कमाउने काम हुन्छ।  तिमि साचैं गर्ने हो कि नाई 


माया: अ भन्नु न म गर्छु।  विदेश भएको श्रीमान को केहि भर छैन। 


सरला: हो सहि भनेउ। काम त पाइहाल छ।  


आवाज बिहिन scene  मा माया को expression मात्र देखिन्छ। 


अफ्टेरो अनुहार , आखाँ ठुलो हुदै सानो हुन्छ।  अनि आखाँ आमा चिम्लिन्छिन।  आखाँ खोल्दा उनि एक पुरुषको साथ bed मा हुन्छिन।    

Narration: 

जीवन मा मेरो धेरै आकंछ्या थिएन।  सानो सानो इक्छ्या ले न नै पहाड को स्वरुप लिन थाले पछि भार कम गर्न कसैलाई आनन्द बनाउनु पनि ठुलो मौका लाग्दो रहेछ।  सुन्दा घिन लाग्ला तर बन्द कोठा भित्र घिन को अस्तित्वो नै मेटाउने खालको क्रियाकलाप कोइ शाररिक आनन्दको लागि गर्छन त कोहि बाध्यता ले 


(माया उठेर लुगा लगाउदै , बिग्रिएको लिपस्टिक मा फेरी लिपस्टिक थप्दै 

आफ्नो श्रीमान र छोरा लाई सम्झिन्छि।  ) 













Comments