सपना बुन्दै

न्यानो, प्यारो बनेको छ साथ आज तिम्रै आभास हुन्छ आजकल हेरेक साँझ सिन्धुरी साँझमा मन्द मन्द मात कामना गर्दै राख्दै हातमा हात सम्झनाले भरिपूर्ण मेला हामी माझ सपना पुरा गर्ने अठोट गर्दै टाढा भएपनि हामी छौ संग संगै आज सपना मेरो केहि फरक होला बीचमा भएको छ भेट हाम्रो पुराना कहानी र नयाँ बीच बनाउने छ आश कथा आफ्नो राम्रो, मन छुने कहिले अधुरो नलाग्ने यसै बीच पलाएको चाहना नौलो -नौलो बाधिएर अँगालोमा सुन्दै एकअर्कालाई पालै पालो भोलिकोको लागि सपना बुन्दै साथ झाङ्गिदै छ अनि सम्बन्ध बन्दै छ दरो-दिगो